Comments Add Comment

जुन महिनाको अन्तर्राष्ट्रिय फुटबल स्थगित हुने, यू-२० र यू-१७ महिला विश्वकप पनि सर्ने

'ओलम्पिकको लागि पुरानै जन्म मिति कायम हुने’

२२ चैत, काठमाडौं । सारा विश्व कोरोना भाइरसले प्रभावित बनिरहेको बेला विश्व खेलकुद पनि ठप्प छ । विश्वकै चर्चित खेल फुटबल हेर्न नपाउँदा समर्थकहरु खल्लो मानिरहेका छन् .

अब कहिले पुरानै अवस्थामा फुटबल हेर्न पाइने हो थाहा छैन । टोकियो ओलम्पिक, युरो कप र कोपा अमेरिका जस्ता ठूला खेल मेला सरिसकेका छन् ।

यस्तै युरोपका विभिन्न देशका लिगहरु पनि स्थगित भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफा पनि तत्काले कुने फुटबल गतिविधि गर्ने अवस्थामा छनै ।

अप्रिल महिनाभर त फुटबल नहुने पक्का नै छ । यस्तै मे महिनामा पनि हुने नहुने अन्योल नै छ । यद्यपि जुन महिनामा हुने सबै फुटबल गतिविधि युइएफएले त स्थगित गरिसकेको छ ।

यसैबीच फिफाले पनि जुन महिना तय गरेको सबै फुटबल खेलहरु स्थगित हुने भएको छ । कोरोना भाइरसका कारण जुन महिनामा तय भएको खेलहरु प्रभावित हुने भएका हुन् ।

फिफा कन्फेडेरेसन वर्किङ ग्रुपले कोरोना भाइरसको नतिजालाई अध्ययन गर्न एउटा फिफा काउन्सिल ब्युरो बनाएको छ । त्यही काउन्सिलले फिफालाई जुन महिनाको फुटबल खेल स्थगित गर्ने लगायत विभिन्न खालको सुझावहरु दिएको छ ।

जुन महिनामा विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु तय थियो । महिला र पुरुष सबैको खेलहरु स्थगित हुने भएको छ ।

यस्तै २०२० को पिफा वर्ल्ड कप अन्तर्गत हुने छनोट खेलहरु बारे पनि नयाँ खेल तालिका बनाउन सबै कन्फेडेरसनसँग छलफल गरिने भएको छ ।

यसैगरी अगष्ट सेप्टेम्बरमा पानामा र कोस्टारिकामा आयोजना गर्ने तय भएको पिफा यु-२० वुमन्स वर्ल्डकप र नोभेम्बरमा भारतमा गर्ने भनिएको फिफा यु-१७ वुमन्स वर्ल्डकप पनि स्थगित गर्न सुझाव दिइएको छ । यसको नयाँ मिति तय गरिनेछ ।

यस्तै टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सरेपछि उमेर हदबन्दी हुने खेलाडीको हकमा के होला भन्ने कौतुहलता छ । फुटबलमा ओलम्पिक टिममा २३ वर्षमुनिका खेलाडी हुन्छन् भने ३ जना मात्र त्योभन्दा बढी उमेरका हुन्छन् ।

त्यसैलाई मध्यनजर गर्दै २०२० मा खेल्न पाउने खेलाडीले नै २०२१ मा खेल्न पाउनेछन् । १ जनवरी १९९७ पछि जन्मिएका खेलाडीले २१ को टोकियो ओलम्पिकमा खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment