Comments Add Comment

रोनाल्डोसँग खेलेका काका भन्छन् : मेस्सी मन पर्छ

काठमाडौं । एसी मिलान र रियल मड्रिडका पूर्व मिडफिल्डर काकाले लिओनल मेस्सी र र क्रिस्टियानो रोनाल्डोबारे आफ्नो धारणा बताएका छन् । क्रिस्टियानो रोनाल्डो आएकै वर्ष काका रियल मड्रिड पुगेका थिए । त्यहाँ काकाले रोनाल्डोसँग खेले भने मेस्सीको विपक्षमा खेले ।

तर उनले मन परेन खलाडीमा मेस्सीलाई रोजेका छन् । ‘मैले क्रिस्टियानोसँग खेलेँ । उनी साँच्चै एकदमै राम्रो खेलाडी हुन तर म मेस्सीलाई मन पराउँछु ।’ फिफाको इन्स्टाग्राममा प्रश्नोत्तरमा भाग लिएका काकाले भने ।

‘मेस्सी प्रतिभाशाली खेलाडी हुन् । उनी विशुद्ध प्रतिभा हुन् । उनले जसरी खेल्छन् त्यो अनौठो छ,’ काकाले भने ।

यद्यपि काकाले पोर्चुगिस सुपर स्टार रोनाल्डोको पनि प्रशंसा गरे । ‘क्रिस्टियानो मेसिन हुन् । उनी बलियो मात्र होइन पावरफुल र फास्ट पनि छन् । मानसिक रुपमा उनी बलियो छन् । उनी जहिल्यै खेल्न र जित्न चाहन्छन् । बेस्ट बन्न चाहन्छन् ,’ रोनाल्डोबारे काकाले भने ,‘मेरो लागि यो रोनाल्डोको अनौठो विषय हो ।’

काकाले खेलकुदको इतिहासमै यी दुई खेलाडी शीर्ष पाँचमा पर्ने बताए । ‘खेलको इतिहासमा मेस्सी र रोनाल्डो शीर्ष पाँचमा पक्कै पर्छन् । दुवै खेलाडीलाई देख्न पाउनु हामी धेरै भाग्यमानी हौँ,’ काकाले भने ।

काकाले सन् २००७ मा बालोन डे’ओर अवार्ड जित्दा क्रिस्टियानो रोनाल्डो दोस्रो र लिओनल मेस्सी तेस्रो भएका थिए । उक्त अवार्ड २००८ मा रोनाल्डो र २००९ मा मेस्सीले जितेका थिए ।

यसैगरी काकाले ब्राजिलमा सँगे खेलेकोमा रोनाल्डो लुइज नाजारियो डे लिमा उत्कृष्ट खेलाडी भएको बताए । ‘मेरो करियरमा मैले केही उत्कृष्ट खेलाडीसँग खेलेँ । तर रोनाल्डो नाजारियो सबैभन्दा बेस्ट हुन्छ,’ काकाले भने, ‘त्यसपछि रोनाल्डिन्हो । जो विरुद्ध मैले एसी मिलान र र रियल मड्रिडमा हुँदा धैरै पटक खेल्ने मौका पाएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment