
२१ चैत, काठमाडौं । भारत दुई सातादेखि लकडाउनमा छ । भारतका अधिकांश नागरिक घर भित्र छन् । भारतका स्वास्थ्यकर्मी दिनरात नभनी कोरोना भाइरसका बिरामीको उपचारमा लागिपरेका छन् । तर, हालैमात्र भारतको एक राज्यमा दुःखलाग्दो घटना घटेको छ । स्वास्थ्य विभागका केही मानिसहरुमाथि ढुंगा प्रहार भएको छ ।
स्वस्थ्य विभागका मान्छेहरु जब इन्डोरमा कोरोना संक्रमितको चेकअपका लागि पुगे, उनीहरुमाथि ढुंगा प्रहार भयो । जुन घटनाको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।
यस्तैमा, बलिउड नायिका अनुष्का शर्माले यो घटनालाई लिएर आक्रोश व्यक्त गरेकी छिन् । अनुष्काले लेखेकी छिन्–‘यसो गर्ने आफैसँग खेलवाड गर्नु हो । आफूलाई शिक्षित गर्न आवश्यक छ । कृपया, डाक्टरहरुलाई काम गर्न दिनुहोस् । उनीहरुको उद्देश्य तपाइहरुलाई नै बचाउनु हो । जो आफनो जिन्दगी दाउमा राखेर तपाईंहरुको जिन्दगी बचाइरहेका छन् । यो गलत काम हो ।’
अनुष्काले स्वस्थ्यकर्मीप्रति आफ्नो ठूलो सम्मानभाव रहेको समेत बताएकी छिन् ।
प्रतिक्रिया 4