Comments Add Comment

कोरोना नियन्त्रण कोषमा प्रदेशसभाको २३ लाख

२३ चैत, बुटवल । प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा प्रदेश सभा सचिवालयका तर्फबाट २३ लाख ३० हजार रुपैया जम्मा भएको छ ।

उक्त रकम प्रदेश सभामा सभामुख र उपसभामुखको एक महिनाको तलब, ८७ जना सांसदहरुको १५ दिनको तलब र कर्मचारीहरुको तह अनुसार क्रमशः ७ दिन, ५ दिन र ३ दिनको तलबबाट जम्मा भएको हो ।

प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेर कोरोना नियन्त्रण तथा उपचार कोष स्थापना गरेको हो । कोषमा बैंक तथा वित्तीय संस्था, सहकारी, निजी क्षेत्रका संघसंस्था र व्यवसायिक प्रतिष्ठानहरुले पनि रकम जम्मा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment