Comments Add Comment

स्पेनमा कोरोनाको मृत्युदर घट्यो

२३ चैत, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) को कारण एकै दिनमा मृत्यु हुने मानिसको संख्यामा निरन्तर तेस्रो दिन पनि कमी आएको छ । स्पेनले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा यो भाइरसको कारण ६ सय ७४ जनाको मृत्यु भएको हो ।

बीबीसीका अनुसार स्पेनमा यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या १२ हजार चार सय १८ पुगेको छ । साथै स्पेनमा समग्र संक्रमितको संख्या पनि एक लाख ३० हजार सात सय ५९ पुगेको छ ।

शनिबार स्पेनले इटालीमा भन्दा धेरै संक्रमितको संख्या पुगेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, घट्दो संख्याले स्पेनमा भाइरसको महामारीको उत्कर्ष सकिएको आशा भने जगाएको थियो ।

स्पेनले आइतबार सार्वजनिक गरेको मृतकको संख्या पछिल्लो १० दिन यताकै कम हो । मार्च २६ यता पहिलोपटक एकदिनमा मृत्यु हुनेको संख्या सात सयभन्दा कममा झरेको हो ।

भाइरसको महामारी मुलुकभर फैलिएसँगै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकको लकडाउन अप्रिल २६ सम्म लम्ब्याउने निर्णय गरेका छन् । यसले मुलुकका धेरै नागरिकलाई बचाउन सकिने उनको विश्वास छ ।

यो पनि पढ्नुहोस इटालीमा आशाको पहिलो किरण : गम्भीर बिरामीको संख्या घट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment