Comments Add Comment

ऊर्जामन्त्री पुनले रोल्पा पठाए पीपीईसहित स्वास्थ्य सामग्री

२४ चैत, काठमाडौं । ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।

मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन् ।

मन्त्री पुनले पीपीई सेट मात्र ११० थान पठाएका छन् । पर्याप्त पीपीईको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् ।

यस्तै पञ्जा एक जहार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क एक हजार थानसमेत रोल्पा पठाइएको छ ।
ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताए ।

रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो ।

जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपतका समयमा मदतासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका हुन् ।

यसअघि पहिलो चरणमा मन्त्री पुनले नै पठाएको ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment