+
+
Shares

नवनियुक्त गभर्नरको सपथ आज

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते ९:२२

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले सपथ लिन लागेका हुन् ।

सपथ अहिले बिहान ११ बजेका लागि तय गरिएको छ ।  सपथपछि अधिकारीले आजै गभर्नरको जिम्मेवारी सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?