+
+
Shares

काठमाडौंको समीपमा पूर्णचन्द्र (फोटो फिचर)

विकास श्रेष्ठ/श‌ंकर गिरी/आर्यन धिमाल विकास श्रेष्ठ/श‌ंकर गिरी/आर्यन धिमाल
२०७६ चैत २६ गते २१:३५

२६ चैत, काठमाडौं । बुधबार चैत्र शुक्ल पूर्णिमा । लकडाउनले सफा देखिएको आकाशमा पूर्ण चन्द्रको मनमोहक दृष्य देखिएको छ ।

मङ्गलबार काठमाडौंको आकाशमा चन्द्रमाको रङ फरक किसिमको देखिएको थियो । यो फरक रंगले खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित गराएको ज्योतिष शास्त्रका जानकारहरु बताउँछन् ।

शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेको यो अवस्थामा देखिएको पूर्ण चन्द्र मंगलबारको जस्तो पूर्ण रुपमा फरक नदेखिएको भएपनि बुधबारको चन्द्रमा र काठमाडौैंको आकाश भने निकै सुन्दर देखिएको छ ।

यो महिनाको पूर्ण चन्द्रमा बीचमा पहेँलो, किनारमा गुलाबी र निलो देखिएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले पूर्णिमा व्रत र हनुमान जयन्ती मङ्गलबार मनाइएको जानकारी दिए ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?