Comments Add Comment

कोरोनाविरुद्ध लड्न प्रिमियर लिगका खेलाडीले स्थापना गरे राहत कोष

२७ चेत काठमाडौं । प्रिमियर लिगका खेलाडीहरुले कोरोना भाइरसविरुद्ध लड्नका लागि संयुक्त रुपमा एक परोपकारी कोषको स्थापना गरेका छन् । कोरोनाविरुद्ध लडिरहेको इंग्ल्यान्डको नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यसहित खेलाडीहरुले अभियान सुरु गरेका हुन् ।

खेलाडीले ‘प्लेअर्स टुरगेटर’ नामको अभियान खडा गरेका हुन् । जो एनएचएसको अगाडि रहेर कोरोना भाइरसविरुद्ध लडिरहेका छन् उनीहरुलाई सहयोगका कारण यो अभियान सुरु गरिएको हो ।

उनीहरुले एनएचएस च्यारिटिज टुगेसरसँग साझेदारी गरेका छन् ।

प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसनले ट्वीटरमा यस कोष स्थापना गरिएको भन्दै स्टेटमेन्ट समेत सार्वजनिक गरेका छन् । हेण्डरसनले यसअघि नै कवरोनाविरुद्ध लड्न खेलाडीहरु एकजुट हुनुपर्ने बताउँदै आएका थिए ।

बेलायती स्वास्थ्यमन्त्री माट हान्नकले पनि खेलाडीको यो ठूलो हृदयलाई स्वागत गरेका छन् । हान्नकले यसअघि ने खेलाडीले केही तलब कटौती गरेर सहयोग गर्नुपर्ने बताएका थिए ।

इंग्ल्याण्ड फुटबल टिमका पूर्वकप्तान ग्यारी लिनेकरले म्याच अफ दि डे प्रिसेन्टर ग्यारी लिनेकरले पनि ट्वीट गर्दै खेलाडीहरुप्रति गर्व रहेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment