Comments Add Comment

मधुमेहमा अंगुर खान हुन्छ ?

अंगुरमा सोडियम, पोटासियम, सिट्रिक एसिड, सल्फेट, म्यानेसियम जस्ता विभिन्न प्रकारका विशेष तत्वहरु पाइन्छ, जुन हाम्रो स्वास्थका लागि निकै उपयोगी हुन्छन् । यसका साथै अंगुरको स्वाद पनि निकै मीठो हुन्छ, त्यसैले अधिकांश व्यक्तिलाई यो फल मनपर्छ ।

मधुमेहमा फाइदाजनक अंगुर

प्रायः मानिसहरु अंगुरमा अत्यधिक मात्रामा चिनी (सुगर) हुन्छ, त्यसैले यो मधुमेहका रोगीहरुका लागि निकै हानिकारक हुन्छ भन्ने सोच्दछन् । तर, त्यस्तो होइन । त्यसको ठिक विपरित मधुमेहबाट पीडित व्यक्तिहरुका लागि अंगुर निकै नै उपयोगी हुन्छ । यसले तपाईंको शरीरमा ब्लड सुगरको लेभललाई कम गर्ने काम गर्छ । यसका साथै यसले तपाईंलाई प्रसस्त मात्रामा आइरन समेत प्रदान गर्दछ ।

माइग्रेनको दुखाईबाट छुटकारा

यदि तपाईं माइग्रेनको दुखाईबाट पीडित हुनुहुन्छ भने अंगुरको रस पिउनु निकै फाइदाजनक हुन्छ । तपाईंले हरेक दिन आफ्नो रुटिनमा अंगुरको रस पिउन थाल्नु भयो भने माइग्रेनको पीडाबाट चाँडै नै छुटकारा पाउनु हुनेछ ।

स्तन क्यान्सरमा

एउटा अध्ययनका अनुसार जो महिलाहरुलाई स्तन क्यान्सरको समस्या हुन्छ, उनीहरुका लागि अंगुरको सेवन अति नै फाइदाजनक हुन्छ । स्तन क्यान्सरको रोकथामका लागि अंगुरको सेवन गर्नु फाइदाजनक हुन्छ । यसका साथै मुटुसंग सम्बन्धित रोगहरुका लागि पनि यो फाइदाजनक छ ।

रगतको कमी भएमा

यदि तपाईंले आफ्नो शरीरमा भएको रगतको कमीलाई हटाउन चाहनु हुन्छ भने तपाईंका लागि अंगुरको जूस उपयोगी हुन सक्छ । हरेक दिन अगूरको जूसमा दुई चम्चा मह मिसाएर पिउनाले तपाईंको शरीरमा भएको रगतको कमीलाई यसले पूर्ती गर्छ । यसका साथै यसले तपाईंको शरीरमा हेमोग्लोबिनको मात्रालाई पनि बढाउनको काम गर्छ ।

कब्जियतमा राहत

यदि तपाईं कब्जियतको समस्याबाट पीडित हुनु हुन्छ भने अंगुरको सेवन गर्नु तपाईंका लागि फाइदाजनक हुनेछ । तपाईंले अंगुरलाई नून र मरिचसंग चोपेर पनि खान सक्नु हुन्छ । हरेक दिन अंगुरको सेवन गर्नाले तपाईंको पाचन प्रकृया पनि स्वस्थ हुन्छ र तपाईंलाई कब्जियतबाट पनि राहत मिल्छ ।

रोचक कुरा के छ भने अंगुर जुनसुकै रुपबाट खाए पनि फाइदाजनक छ । तर, अंगुर खानुभन्दा अघि त्यसरलाई राम्ररी पखाल्नु पर्छ, किनभने अंगुरको खेतीको समयमा त्यसमा थुप्रै प्रकारका कीटनाशक औषधीहरु छर्किएको हुन्छ, जुन हाम्रो स्वास्थ्का लागि हानिकारक सावित हुन्छ । त्यसैले अंगुर खानु भन्दाअघि त्यसलाई राम्ररी धुनु अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment