Comments Add Comment

परराष्ट्रमन्त्री र साउदी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

२७ चैत, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसलबिन फरहान अल साउदबीच टेलिफोन वार्ता भएको छ ।

टेलिफोन वार्ताको क्रममा जी२० को अध्यक्ष साउदी अरेबियाले कोरोना भाइरस (कोभिड–१९) बारे छलफलका लागि सबै मुलुकलाई भिडियो कन्फ्रेन्समार्फत् एकै ठाउँमा ल्याउन सफल भएकोमा ज्ञवालीले साउदीको भूमिकाको प्रश‌ंसा गरे । साथै, उनले कोभिड–१९ को महामारीको कठिन परिस्थितिमा पनि नेपाली प्रवासी कामदारको ख्याल राखेकोमा धन्यवाद पनि व्यक्त गरे ।

उनले कामदारहरुलाई संकटको समयमा आवश्यक पर्ने सामाजिक सुरक्षा, कल्याण कोष र स्वास्थ्य स्याहारको योजना ल्याउन पनि आग्रह गरेका छन् । उनले नेपाली कामदारको रोजगारीको सुरक्षाको विषयमा नेपाल सरकार र साउदी सरकारसँग सहकार्यको लागि आग्रह गरेका छन् ।

साउदी अरेबियाका विदेशमन्त्री अल साउदले नेपाली कामदारले पनि साउदी अरेबियामा बराबर स्वास्थ्य स्याहार पाइरहेको बताएका थिए । उनीहरुलाई आवश्यक सुरक्षा र रोजगारीको सुरक्षा पनि प्रदान गरिने अल साउदले बताएका थिए ।

अल साउदले नेपाली कामदार कडा परिश्रम गर्ने, कर्तव्यनिष्ठ र इमान्दार रहेको बताएका थिए । उनले नेपाली कामदारलाई पनि सरकारले बराबरीको कल्याण कोष प्रदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment