Comments Add Comment

वुहान छाड्दैछन् नयाँ वर्ष गुमाएका पर्यटकहरू

२८ चैत, काठमाडौं । बिहीबार चीनको दक्षिणी प्रान्त गुआङडोङमा पुगेका अधिकांश मानिस वुहानबाट गएका थिए ।

चिनियाँ सर्च जायन्ट बैदुकाअनुसार चीनमा कोरोना भाइरस (कोभिड–१९) को महामारीको उद्गम स्थल मानिएको वुहानमा लगाइएको लकडाउन खुलेसँगै उनीहरू गुआङडोङ प्रस्थान गरेका हुन् ।

बिहीबार वुहान छाडेका करिब १० भागको एक भाग मानिसहरू गुआङडोङ पुगेको द साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।  उनीहरूमध्ये पनि आधा मानिसहरू प्रान्तको मुख्य दुई सहरहरू सेन्चेन र ग्वान्जाओमा पुगेका थिए ।

वुहान छाड्नेमध्ये करिब दुईतिहाई मानिस हुबेई प्रान्तकै छिमेकी शहरहरूमा गएका थिए । उनीहरूमध्ये धेरैजसो सिआओगन, हुआङगाङ र एझोउजस्ता सहरमा पुगेका थिए ।

समाचारहरूमा जनाइअनुसार वुहानमा दुई महिनाभन्दा लामो समयदेखि जारी रहेको लकडाउन खुलेको एक दिनपछि उल्लेख्य संख्यामा मानिसहरू वुहानबाट बाहिरिएका हुन् ।

गुआङडोङ लामो समयदेखि चीनको पावरहाउसको रुपमा चिनिएको प्रान्त हो । यो प्रान्त अधिकांश प्रवासी कामदारको रोजाइको प्रान्त हो । बिहीबारको भ्रमणको पनि स्वरुप पनि बुधबारको जस्तै थियो ।

बैदुको तथ्यांकअनुसार बुधबार वुहान छाड्नेमध्ये करिब ८० प्रतिशत  हुबेईका अन्य सहरमा गएका थिए । ३ दशमलव ६ प्रतिशत मानिस हुनान प्रान्तमा गएका थिए। गुआङडोङ जानेको संख्या भने ३ दशमलव ४ प्रतिशत थियो ।

कति मानिसले वुहान छाडे भन्नेबारे भने बैदुको कुनै तथ्यांक सार्वजनिक गरेको छैन ।

बुधबार अनुमानित ५५ हजार मानिसले रेलबाट वुहान छाडेका थिए । जसमध्ये ४० प्रतिशत गुआङडोङको पर्ल रिभर डेल्टातर्फ लागेको स्थानीय रेलवे विभागले बताएको छ । बुधबार लकडाउनपछि पहिलोपटक वुहानमा रेलसेवा सुरु भएको हो ।

बुधबार वुहानबाट एक सयभन्दा धेरै व्यावसायिक उडान भएका थिए । यसबाट ७१ हजार यात्रु चीनका अन्य स्थानमा गएका थिए । यसको २० प्रतिशत मानिस चेन्दु, हाइकोउ र सेन्जेन गएका थिए ।

एक करोड १० लाख मानिसको बसोबास रहेको वुहान बन्दको क्रममा यसको सबै सीमा बन्द गरिएको थियो । शहरमा आउने र बाहिरिने सबै उडान बन्द गरिएको थियो ।

सार्वजनिक यातायात रोकिएको थियो । मानिसहरूलाई बाहिर निस्किन पनि रोक लगाइएको थियो ।

जनवरी २३ मा वुहानमा लकडाउनको निर्णय गरिएको हो । त्यसको ठिक दुईदिनपछि चिनियाँ नयाँ वर्ष थियो ।

अहिले मानिसहरूलाई स्वास्थ्यको कुनै समस्या नरहेको अवस्थामा मात्र मुलुकको अन्य भागमा रोजगारीको लागि जान अनुमति दिइएको छ । सहरको अधिकांश यातायात सेवा सुचारू भएको छ ।

बिहीबारसम्मको तथ्यांक हेर्ने हो भने चीनमा करिब ८२ हजार कोभिड–१९ का संक्रमित फेला परेका थिए । यसमध्ये ८० प्रतिशतभन्दा धेरै हुबेई प्रान्तमा फेला परेका थिए ।

हुबईमा बिहीबार नयाँ संक्रमित फेला परेका थिएनन् । तर, यो रोगको लक्षण नदेखिएका एक हजार बिरामीलाई भने चिकित्सकको निगरानीमा राखिएको छ । यो संख्या पनि समग्र चीनमा भेटिएका लक्षण नदेखिएका मानिसको तुलनामा आधाभन्दा बढी हो ।

अहिले चीनको लागि लक्षण नदेखिएका बिरामी टाउको दुखाइको विषय बन्न पुगेका छन् । किनकी चीनको वुहानमा भेटिएका करिब ६० प्रतिशत संक्रमितमा कोभिड–१९ को कुनै लक्षण नदेखिएका वा निकै सामान्य मात्र लक्षण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment