Comments Add Comment

स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कको पाँच करोड डलरको कोभिड-१९ सहयोग कोष

२९ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय ब्याङ्किङ तथा वित्तीय सेवा कम्पनी स्ट्यान्डर्ड चार्टर्डले विश्वव्यापरी महामारी कोरोनाभाइरस सङ्क्रमण (कोभिड१९) विरुद्धको विश्वव्यापी लडाइँमा साथ दिन पाँच करोड अमेरिकी डलर बराबारको एक कोष स्थापना गरिएको घोषणा गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड समूहले साढे दुई करोड अमेरिकी डलर आफ्ना अति प्रभावित बजार क्षेत्रमा दिने बताएको छ भने त्यति नै रकम महामारीको आर्थिक प्रभावबाट समुदायहरूलाई उकास्न प्रयोग गर्ने बताइएको छ ।

समूहका बोर्ड तथा व्यवस्थापन टोलीका सदस्यदेखि कर्मचारीसम्मले आआफ्नो तर्फबाट कोषमा योगदान दिने बताइएको छ । केही निश्चित क्षेत्र तथा देशमा रहेका आफ्ना कम्पनीहरूले कोभिड१९का विरुद्ध सहयोग वितरण गर्न सुरु गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

सिङ्गो कोषको रकम कहाँ, कसरी, कति खर्च गर्ने भन्ने विषयमा विस्तृत जानकारी पछि दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment