+
+

कोरोना कोषमा आरएसडीसी लघुवित्तको साढे सात लाख

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १९:४९

बुटवल, ३० चैत । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको आरएसडीसी लघुवित्त वित्तीय संस्थाले संघीय, प्रदेश र स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा सात लाख पचास हजार रुपैयां आर्थिक सहयोग प्रदान गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत लघुवित्तले संघीय सरकारको राहत कोषमा तीन लाख रुपैया, प्रदेश सरकारको कोरोना राहत कोषमा तीन लाख रुपैया र बुटवल उपमहानगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दामोदर जोशीले जानकारी दिए ।

संघीय सरकारको राहत कोषमा रकम जम्मा गरिएको तथा प्रदेश ५ को कोषका लागि मुख्यमन्त्री शंकर पोखरेल र बुटवलका नगर प्रमुख शिवराज सुवेदीलाई चेक हस्तान्तरण गरिएको लघुवित्तका संचालक विष्णु प्रसाद पौड्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?