Comments Add Comment

वीरगञ्जमा संक्रमितको सम्पर्कमा आएका ५९ जनाको रिपोर्ट नेगेटिभ

१ वैशाख, वीरगञ्ज । वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमणको पुष्टि भएसँगै वीरगञ्जमा उच्च सतर्कता अपनाइएको छ ।

कोभिड–१९ संक्रमित भेटिएको क्षेत्रलाई सिल गरिएको छ । सिल गरिएको क्षेत्रमा चोक तथा गल्ली गल्लीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सर्वसाधरणको आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ । अन्य दिनको तुलनामा यस क्षेत्रमा थप कडाइ पारिएको छ । औषधि पसल बाहेक अन्य पसल बन्द गराइएको छ । अत्यन्त जरुरी काममा बाहेक अन्य काममा घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

कट्याक्ट ट्रेसिङ र र्‍यापिड टेस्टलाई सँगसँगै अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनकाअनुसार र्‍यापिड टेस्टमा संक्रमितको सम्पर्कमा आएका ५९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

‘संक्रमित भेटिएको क्षेत्रलाई सिल गरेका छौं, कन्ट्याक्ट ट्रेसिङ र र्‍यापिड टेस्ट गर्ने काम भइरहेको छ,’ उनले भने, ‘आइतबार ५९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । आजपनि टेस्ट हुन्छ ।’

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले संक्रमितको क्लोज सम्पर्कमा रहेका थप ९ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको जानकारी दिए ।

त्यसैगरी वीरगञ्जमा संक्रमितको सम्पर्कमा आएका ८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आइतबार ४ र सोमबार बिहान ४ जनालाई नियन्त्रणलाई लिएर क्वारेन्टाइनमा राखिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment