Comments Add Comment

कोरोना कोषमा कांग्रेसको २ लाख सहयोग

१ वैशाख, बुटवल । नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण राहत कोषमा २ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

तिलोत्तमा नगरपालिकाले स्थापना गरेको विशेष राहत कोषमा कांग्रेस नगर समिति र नगरभित्रका १७ वटै वडा समितिको तर्फबाट एकमुष्ट रुपमा उक्त रकम नगरपालिकालाई हस्तान्तरण गरिएको कांग्रेस नगर सभापति हरिलाल पाण्डेल बताए।

सहयोग रकम हस्तान्तरण गर्दै पाण्डेले कोरोनाविरुद्धको संघर्षमा सबै एक जुट भएर अघि बढ्नुको विकाल्प नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment