+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

रौतहटका एक युवकमा देखियो कोरोना संक्रमण

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ वैशाख १ गते १६:२५

१ वैशाख, गौर । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । इशनाथ नगपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

दिल्लीको ब्याग फ्याक्ट्रीमा काम गर्ने उनी त्यहाँबाट तीन जना साथीहरुसँग हिँडेका थिए । मोतिहारीसम्म औषधिको ट्रक चढेर आएका उनी हिँडेरै आए र चैत १६ गते मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेका थिए ।

‘परिवारका सदस्यहरु बाहिरै राखेछन् । भोलिपल्ट हामीले ल्याएर क्वारेन्टाइनमा राखेका थियौं’ नगपालिकाका सूचना अधिकृत कृष्णानन्दन कुमारले अनलाइनखबरसँग भने । नगरपालिकाले सबैलाई विदेशबाट कोही आए स्वास्थ्य जाँच गराएर मात्र घरमा प्रवेश गराउनुपर्छ भन्ने प्रचार गरेका कारण उनको परिवार समेत भएको उनले सुनाए ।

उनलाई वडा नम्बर ३ मा रहेको जनता उच्च माविको क्वारेन्टाइनमा राखिएको थियो । जनकपुरबाट आएको टोलीले क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगेका थियो, त्यसमध्ये उनमा संक्रमण देखियो ।

क्वारेन्टाइनमा उनीसँगै एउटै कोठामा राखिएका चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

संक्रमितलाई वीरगञ्ज लगियो

संक्रमित युवकलाई उपचारका लागि सोमबार साँझ वीरगञ्ज लगिएको छ ।

रौतहटमा कोरोना संक्रमितलाई उपचार गर्ने अस्पताल छैन । गौरमा रहेको नर्सिङ्ग इन्सटीच्यूटलाई लाई आइशोलेसन सेन्टर बनाउने भनिए पनि तयार भएको छैन । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुने ईशनाथ नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख नन्दकिशोर गुप्ताले बताए ।

परिवारका सबै सदस्य क्वारेन्टाइनमा

संक्रमित युवक घरमा बसेका थिएनन् । तर घरमा पुगेर झोलाहरु राखेका थिए ।

अब परिवारका सदस्यहरुलाई पनि क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । उनको घरमा आमाबुवा, दुइ भाइ, एक बहिनी छन् भने श्रीमती माइतीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?