Comments Add Comment

कोरोना भाइरसबारे नयाँ भ्रमहरु

कोरोना भाइरस फैलने क्रममा मानिसहरुमा यसबारेमा विभिन्न तर्क, धारणा र भ्रमहरु पनि उत्पन्न भैरहेका छन् । के घाममा बस्नाले कोरोना भाइरसबाट बच्न सकिन्छ ? अथवा नखोकि १० सेकेन्डसम्म सास रोक्न सक्नु कोरोना भाइरसको संक्रमण हुन सक्दैन ? भन्ने जस्ता भ्रमित गर्ने किसिमका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जसको जवाफ विश्व स्वास्थ संगठनले दिएको छ । जुन निम्न अनुसार छन् ।

भ्रम नम्बर एक

घाममा बस्नाले अथवा २५ डिग्रीभन्दा धेरै तापक्रम भयो भने कोरोना भाइरस नष्ट हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार धेरै चिसो वातावरण र तातो तापक्रमले भाइरस नष्ट हुने कुरा साँचो होइन । धेरै तापक्रम भएका देशहरुमा पनि कोरोना भाइरसका केशहरु प्राप्त भएका छन् । त्यसैले घाममा बस्नाले भाइरस मर्दैन । बाहिरि वातावरण अथवा तापक्रमभन्दा पनि शरीरको सामान्य तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सीयस देखि ३७ डिग्री सेल्सीयससम्म हुन्छ । कोरोना भाइरसबाट बच्नका लागि सबभन्दा राम्रो तरीका आफ्नो हातलाई धोइरहनु पर्छ । बारम्बार हात साबुन पानीले धुने र मुख,नाक र आँखालाई नछुनु नै उपयुक्त उपाय हो ।

भ्रम नम्बर २

१० सेकेन्डसम्म सास रोक्दा यदि कुनै समस्या भएन भने कोरोनाको संक्रमण हुन सक्दैन ।

विश्व स्वास्थ संगठन– यो एक प्रकारको स्वास–प्रस्वास सम्बन्धि एक्सरसाइज हो, तर यसले कोरोना भाइरसबाट बच्ने ग्यारेन्टी हुँदैन । यो एक्सरसाइजले कोरोना संक्रमण हुँदैन भन्ने कुरालाई विश्वास गर्नु खतरनाक प्रमाणित हुन सक्छ । कोरोना संक्रमणको सामान्य लक्षणहरुमा सुख्खा खोकी, धेरै थकान र ज्वरो आउनु हो । केही मानिसहरुमा निमोनियाको पनि लक्षण देखिन्छ । त्यसैले त्यस्ता लक्षणहरु देखिएमा कोरोनाको जाँच गर्नु राम्रो हुन्छ ।

भ्रम नम्बर ३

मदिरा पिउनाले कोरोना भाइरस नष्ट हुन्छ । 

विश्व स्वास्थ संगठन– मदिरा पिउनाले कोरोना भाइरसबाट बच्न सकिँदैन तर यसको सेवनले तपाईंलाई हानि भने पु¥याउन सक्छ । मेथेनल, एथेनल र ब्लिच पिउनाले पनि कोरोना भाइरसको संक्रमण रोक्न सक्दैन । यी कुराहरुले हाम्रो भित्रि अंगहरुलाई धेरै नोक्सान पु¥याउन सक्छ । यी कुराहरुको प्रयोग भुईँ सफा गर्दा किटाणुहरु मार्नका लागि गरिन्छ, तर कोरोना भाइरसबाट बच्नका लागि आफु सफा र स्वच्छ हुुनु आवश्यक छ ।

भ्रम नम्बर ४

तातो पानीले नुहाउनाले कोरोना भाइरस नष्ट हुन्छ ।

विश्व स्वास्थ संगठन– यो कुरा पूर्ण रुपमा गलत हो । कोरोना भाइरस नष्ट हुन्छ भन्ने सोचेर धेरै तातो पानीले नुहाउनाले शरीरलाई नोक्सान पु¥याउन सक्छ, त्यसैले त्यस्तो गर्नु हुँदैन । बाहिरी वातावरण अथवा तापक्रम भन्दा शरीरको सामान्य तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियसदेखि ३७ डिग्री सेल्सियससम्म हुन्छ तर पनि कोरोना भाइरसको संक्रमण हुन्छ । त्यसैले बारम्बार हात धोइरहनु राम्रो हुन्छ ।

भ्रम नम्बर ५

लामखुट्टेबाट कोरोना भाइरस फैलन सक्छ

विश्व स्वास्थ संगठन– लामखुट्टेबाट कोरोना भाइरस फैलन्छ भन्ने कुराको अहिलेसम्म त्यस्तो कुनै सर्वेक्षण अथवा प्रमाण प्राप्त भएको छैन ।  कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा अथवा हाछयूँ गर्दा निस्केको थुकको थोपाबाट कोरोना भाइरस फैलन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । त्यसैले यस्ता मानिसहरुबाट टाढा रहनु,मास्कको प्रयोग गर्नु र बारम्बार हाथ धुनु नै यसबाट बच्ने उपायहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment