Comments Add Comment
१४ औं संक्रमितको ट्राभल हिस्ट्री :

‘मध्यरातमा भारतबाट छिरेका थिए, परिवारले घरमा पस्न नदिई क्वारेटाइन पठाए’

१ वैशाख, रौतहट । कारोना भाइरस (कोभिड–१९) बाट संक्रमित युवक लडाउनको समयमा भारतबाट नेपाल आएको पाइएको छ ।

दिल्लीमा ब्याग फ्याक्ट्रीमा काम गर्ने उनी चैत १६ गते मध्यराति भारतीय सीमाबाट नेपाल प्रवेश गरेर इशनाथ नगरपालिका ५ स्थित घरमा पुगेका थिए ।

‘तर परिवारका सदस्यहरु बाहिरै राखेछन् । भोलिपल्ट हामीले ल्याएर क्वारेन्टाइनमा राखेका थियौं’ नगपालिकाका सूचना अधिकृत कृष्णानन्दन कुमारले अनलाइनखबरसँग भने ।

नगरपालिकाले सबैलाई विदेशबाट कोही आए स्वास्थ्य जाँच गराएर मात्र घरमा प्रवेश गराउनुपर्छ भन्ने प्रचार गरेका कारण उनको परिवार सचेत भएको उनले सुनाए ।

उनलाई वडा नम्बर ३ मा रहेको जनता उच्च माविको क्वारेन्टाइनमा राखिएको थियो ।

जनकपुरबाट आएको टोलीले क्वारेन्टाइनमा रहेका ३० मध्ये २५ जनाको नमुना संकलन गरेर लगेका थियो, त्यसमध्ये १९ वर्षका युवकमा संक्रमण देखिएको हो । विद्यालयको एउटा कोठामा पाँच जनालाई राखेको थियो । १९ वर्षीय युवकलाई कुनै लक्षण देखिएको थिएन तर संक्रमण भएको पुष्टि भएको छ ।

उनीसँगै बसेका चार जनाको भने रिपोर्ट नेगेभिट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment