Comments Add Comment

कोरोनाबारे अफवाह फैलाउने एक जना पक्राउ   

२ वैशाख, तुलसीपुर । कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।

तरकारी बजार बन्द    

भारतबाट तरकारी आयात गरेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तरकारी बजार मंगलबार बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै भारतबाट तरकारी आयात नगर्ने निर्णय विपरित तरकारी फलफूल आयात भएपछि तुलसीपुर–६ स्थित बजार सिल गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताए ।

प्रत्येक दिन पाँच वटासम्म भारतीय गाडीले तरकारी ल्याउने गरेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेकाले सिल गरेको सङ्घका अध्यक्ष रावतले बताए । यस्तै भारतीय तरकारी र फलफूल बिक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज ‘फ्रुट हाउस’का सञ्चालकलाई कारबाही गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment