Comments Add Comment

दुई सह–सचिव सचिवमा बढुवा

२ वैशाख, काठमाडौं । सरकारले २ सह–सचिवको पदोन्नति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन समूहका अर्जुन पोखरेल र इन्जिनियरिङ समूहका सागर राईलाई सचिवमा बढुवा गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले दुई सहसचिवलाई सचिवमा बढुवा गर्दै पदस्थापन गरिएको जानकारी दिए ।

सचिवमा बढुवा भएका पोखरेलको प्रदेश २ सचिवमा पदस्थापन गरिएको छ । त्यहाँ सचिवका रूपमा कार्यरत रामकृष्ण सुवेदीलाई भने सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको मन्त्री खतिवडाले जानकारी दिए ।

त्यस्तै, इन्जिनियरिङ समूहबाट सचिवमा बढुवा भएका राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment