Comments Add Comment

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो

२ वैशाख, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १८ हजार जना नाघेको छ ।

मंगलबार स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना भाइरसको कारण पाँच सय ६७ जनाको मृत्यु भएको हो ।

अघिल्लो दिन स्पेनमा एकैदिन मृत्यु हुनेको संख्या घटे पनि पछिल्लो २४ घण्टामा पुनः बढेको हो । यससँगै कोरोना भाइरसबाट स्पेनमा मृत्यु हुनेको समग्र संख्या १८ हजार ५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा स्पेनमा तीन हजार ४५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या पनि एक लाख ७२ हजार नाघेको छ ।

स्पेन युरोपमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीकाअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट १९ लाख ३४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने एक लाख २० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment