Comments Add Comment

कोरोना रोकथाम कोषमा राप्रपा प्रदेश सांसदले दिए १५ दिनको तलब

३ वैशाख, काठमाडौं । कोरोना रोकथामका लागि प्रदेश सरकारहरुले खडा गरेको कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सांसदले १५ दिनको तलब सहयोग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वाग्मती प्रदेशमा रीता माझी र रिना गुरुङ, प्रदेश १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाही प्रदेशसभा सदस्य रहेका छन् ।

उनीहरुले आआफ्नो प्रदेश सरकारले खडा गरेको कोरोना रोकथाम कोषमा रकम जम्मा गर्ने राप्रपा केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment