Comments Add Comment

डोटीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

४ वैशाख, डोटी । जिल्लाको दीपायल सिलगढी नगरपालिका–२ बगर भन्ने ठाउँमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सोही वडाका कैलाश बोगटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

खुल्लेकबाट खाद्य सामग्री पु्र्याएर दीपायल आउँदै गरेको से२त ३५४३ नंको उक्त ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका चालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment