+
+
Shares

हुम्लाका ६८ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

रासस रासस
२०७७ वैशाख ५ गते १०:१५

५ वैशाख, हुम्ला । जिल्लाका चार गाउँपालिकाका ६८ जना को द्रुत परीक्षण (र्‍यापिड डायग्नोस्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जम्मा ६१ पुरुष र सात महिला रहेको जनाउँदै सिमकोट २९, नाम्खामा २५, ताजाकोटमा आठ र अदानचुलीमा छ गरी ६८ जनाको द्रुत परीक्षण बताए ।

यसपछि सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चङ्खेली गाउँपालिकामा जिल्ला बाहिर भारतलगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिको र्‍यापिड टेस्ट गरिने जनाइएको छ ।

त्यसका लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्निसियन बलिराज भण्डारीलगायतको टोली खटिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?