+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

लकडाउन पालनाका लागि थप कडाइ गर्दै कामपा

रासस रासस
२०७७ वैशाख ५ गते २०:२३

काठमाडौं । नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाडौँ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ । भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशनै पूर्णरुपमा लकडाउन गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार नगरिकले अटरे गरिरहेकाले केन्द्र सरकासँग समन्वय गरी लकडाउनको थप कडाइ गर्ने तयारी भइरहेको छ । महानगरले नागरिकलाई सजग गराउनकै लागि हरेक दिन टोलटोलमा प्रहरी परिचालन गरेको छ भने जनचेतनामूलक कार्यक्रम पनि नियमित सञ्चालन गरिरहेको छ । यसको कुनै प्रवाह नै नगरी नागरिकले टोलटोलमा जम्मा हुने र भीडभाड गर्न कमी नआएकाले महानगरले अन्य थप कदम सञ्चालन गर्न लागेको हो ।

भनेको भन्दा बढी समय बिहान बेलुका हाट बजार सञ्चालन गरेझैँ विभिन्न खाद्य पसल र तरकारी बजारमा भीड हुँदा घरघरमा कोरोना भाइरस जाने सम्भावना बढेको भन्दै महानगरले चिन्ता व्यक्त गरेको छ । पसलमा हुने भीड कम गर्नकै लागि महानगरले विभिन्न ११ स्थानमा तरकारी पसल सञ्चालनको अनुमति दिएको छ भने खाद्य सामग्रीका पसललाई पनि बिहान ८ः०० बजेसम्म खोल्न भनेको छ ।

लकडाउनको शुरुको समयमा नै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कुनै पनि नागरिकलाई घरमा नै रहन आग्रह गर्दै उक्त समयमा कुनै किसिमको समस्या आइपरेका सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न भन्दै सबै जनप्रतिनिधिको मोबाइल नम्बर सार्वजनिक गरेका थिए ।

महानगरको बाहिरी क्षेत्रमा लकडाउनको राम्रोसँग पालन भए पनि भित्री क्षेत्र मखन टोल, इन्द्र चोक, असन, दमाइटोल, क्षेत्रपाटी, शोभा भगवतीलगायतका स्थानमा नागरिकले लकडाउनको उल्लङ्घन गरिरहेको जनाइएको छ । यी स्थानमा नै अब कडा निगरानी गर्ने तयारी गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?