Comments Add Comment

धनुषामा पत्रकार कुटिए

६ वैशाख, जनकपुरधाम । धनुषाका दुई जना पत्रकारमाथि आक्रमण भएको छ ।

धनुषाको शहीद नगरपालिकाको क्वारेन्टाइन स्थलसम्बन्धी समाचार संकलन गरेर फर्किँदै गर्दा कोइलपुरमा जनकपुर टुडेका संवाददाता मनोजकुमार मरबैता र खोजकेन्द्र डटकमका शिवेन्द्र रोहितामाथि आक्रमण भएको हो ।

आक्रमणबाट रोहिताको टाउको फुटेको छ भने मरबैतालाई सामान्य चोट लागेको छ ।

रोहिताले शहीद नगरपालिकाका मेयर उदय बरबरियाले आफूमाथि आक्रमण गराएको बताएका छन् । उनीहरूले ल्यापटप र क्यामेरासमेत खोसेको बताएका छन् ।

प्रेस मञ्च नेपालले विश्व कोरोनासँग लडिरहेको बेला स्थानीय तहको कोरोनाविरुद्धको तयारीबारे समाचार संकलन गर्ने पत्रकारमाथि आक्रमण हुनु दुखद् भएको बताए ।

मञ्चका केन्द्रीय उपाध्यक्ष विन्दकिशोर साहले शनिबार विज्ञप्ति जारी गर्दै आक्रमणकारी समूहको पहिचान गरी कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment