Comments Add Comment

घले दम्पत्तिको एमआईटी कलेजले विद्यार्थीलाई १० लाख डलर राहत दिने

काठमाडौं । अस्ट्रेलियाको उच्च शिक्षा प्रदायक मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि वित्तीय समस्यामा परेका विदेशी विद्यार्थीहरूलाई १० लाख डलर(झन्डै १० कराेड रूपैयाँ) सहयोग गर्ने भएको छ ।

नेपाली मूलका अष्ट्रेलियन अर्बपति उद्यमी शेष घले र उनकी पत्नी जमुना गुरुङद्वारा स्थापित यो कलेज अष्ट्रेलियाको नामी उच्चशिक्षा प्रदायक संस्था हो जहाँ करिव ४ हजार बिद्यार्थी अध्ययनरत छन् ।  एमआईटीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीका लागि सहयोगको घोषणा गरेको हो ।

यस्तो सहयोग एमआईटीकै कोर्स अध्ययन गरिरहेका वा फेडेरल युनिभर्सिटीको कोर्स एमआईटीमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रदान हुने कलेजले जनाएको छ । राहत योजना अन्र्तगत एमआईटी कलेजमा अध्ययन गरिरहेका तर लकडाउनका कारण काम नभई बेखर्ची भएका बिदेशी बिद्यार्थीलाई ५ सय डलरसम्म राहत पाउनेछन् ।

एमआईटीको मेलवर्न र सिड्नी दुवै क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले यो सुविधा पाउनेछन् । यो योजनामा एक विद्यार्थीले पाँच सय डलरसम्मको सहयोग पाउनेछन् ।
यद्यपि, वितरण मापदण्ड बन्न बाँकी छ ।

एआईटीले विदेशी विद्यार्थीहरुले गरेको योगदानको कदर गर्दै उनीहरुलाई यो संकटको घडीमा सहयोग गरिने बताएको हो । अहिले अष्ट्रेलियामा महामारी नियन्त्रणको लागि लगाइएको लकडाउनले पार्टटाइम काम गरेर पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको रोजगारी खोसिएपछि उनीहरु आर्थिक समस्यामा परेका छन् ।

केहि अन्तरास्ट्रिय विद्यार्थीले निकै अफ्ठेरो परिस्थिति सामना गरिरहेका छन् । उनीहरुको आंशिक तथा अस्थाई काम पनि गुमेको छ र स्वदेश जाने स्थिति पनि छैन् । यहाँको बसाइ पनि निकै कठिन भएकाले आफ्ना विधार्थीलाई मानवियताका आधारमा पनि सहयोग गर्नु कर्तब्य भएको एमआइटीले जनाएको छ।

गैर आवाशीय नेपाली संघका पूर्व अध्यक्ष समेत रहेका शेष घले र उनकी श्रीमती जमुना घलेले १९९६ मा स्थापना गरेको एमआइटिमा हाल बिस्वोका बिभिन्न देशबाट चार हजार बिद्यार्थी अध्ययन गरिरहेका छन् । जसमध्ये सन् २०१९ मा सिड्नी क्याम्पसमा एक हजार एक सय र मेलबर्न क्याम्पसमा एक हजार ४ सय बिद्यार्थी भर्ना भएका थिए । एमआइटी फाउन्डेसनले शिक्षा क्षेत्र तथा प्राकृतिक विपदमा परेकाहरुलाई सहयोग गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment