६ वैशाख, काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरूलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।
काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार थानकोटमा रोकिएको थियो । करिब तीन सयको संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो ।
साँझपख भने बस चढाएर पठाइएको छ ।
चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको हो । पहिलो लटमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेत पठाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4