Comments Add Comment

अमेरिकामा लकडाउनविरुद्ध बन्दुक बोकेर प्रदर्शन, ट्रम्पले गरे समर्थन

ट्रम्पले राजनीतिक रंग दिन खोजेको आरोप

लकडाउनविरुद्ध बन्दुक बोकेर मिशिगनमा गरिएको प्रदर्शन । तस्वीर : गेट्टी

६ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताउँदै आएका छन् । त्यसैले कोरोनाविरुद्ध लडिरहेका धेरै देशहरुले अहिले लकडाउन गरेका छन् ।

तर, अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् ।

लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् ।

तर ट्रम्पले प्रदर्शन भएका ओहायो र उटालाई ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ ।

ट्रम्पले लकडाउन खुकुलो पार्दै लैजाने योजना बिहीबार सार्वजनिक गरेका थिए ।

अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देश हो । अमेरिकामा कोरोनाबाट संक्रमितको झण्डै सात लाख पुगिसकेको र मृतकको संख्या ३१ हजार ४ सय ५६ पुगिसकेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment