Comments Add Comment

उदयपुरमा बसेका थप एक भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

६ वैशाख, काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपालीलाई शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुस्

नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment