Comments Add Comment

सांसदको उद्योगमा कार्यरत मजदुरलाई १० प्रतिशत ‘लकडाउन भत्ता’

७ वैशाख, काठमाडौं । नेकपा सांसदसमेत रहेका उद्योगी कृष्णकुमार श्रेष्ठ (किसान)ले आफ्ना दुई उद्योगमा कार्यरत मजदुरलाई लकडाउन अवधिको तलबमा १० प्रतिशत थपेर दिने घोषणा गरेका छन् ।

बाराको सिमरास्थित ग्यास वान नेपाल र क्लासिक एग्रिकल्चरमा कार्यरत मजदुरको तलबमा लकडाउनको अवधिमा थप दश प्रतिशत बढाउने घोषणा गरेका हुन् । संकटको बेला अत्यावश्य सेवामा कार्यरत मजदुरको मनोबल बढाउन मासिक तलबमा १० प्रतिशत वृद्धि गरिएको उनले बताए ।

खाना पकाउने ग्यासको अभाव हुन नदिन मजदुरलाई नियमित काममा लगाइएकाले उनीहरुको तलबमा वृद्धि गरिएको र क्लासिक एग्रिकल्चरअन्तर्गत मेवा खेतीमा संलग्न मजदुरलाई पनि सोही सुविधा दिइने श्रेष्ठले बताए ।

तनहु क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामग्री तथा राहत वितरणमा रहनु परेकाले मजदरको तलबमा १० प्रतिशत थपको निर्णय अघिल्लो महिनाबाटै लागू हुने बताए ।

यसैबीच, सांसद् श्रेष्ठले तनहुँ जिल्लामा उत्पादित तरकारी तथा कृषि उपज जिल्लाभित्रै खपत गराउनका लागि लकडाउन अवधिमा बाहिरबाट तरकारी भित्र्याउयन नदिन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । तरकारी उत्पादक कृषकसँगको छलफलपछि सांसद् श्रेष्ठले स्थानीय तह र सुरक्षा निकायमार्फत सो पहल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment