+
+
Shares

कोरोना संक्रमित भेटिएको भन्दै भ्रम फैलाउने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १३:११

७ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् ।

इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप योङ्हाङ लिम्बूलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

लिम्बूले इलामको बिब्ल्याटेमा एक कोरोना संक्रमित भेटिएको गलत सूचना फेसबुकमा पोस्ट गरेका थिए । यसबारे उजुरी परेलगत्तै जिल्ला प्रहरी कार्यालय, इलामबाट खटिएको टोलीले शनिबार उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?