+
+
Shares

कोरोना भाइरसबाट जोगिन औषधि बिक्रेताका लागि नयाँ नियम

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १४:०३

७ वैशाख, काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्नको लागि औषधि बिक्रेता (फार्मासिस्ट) र तिनका पेशागत संस्थाहरुको प्रतिनिधि मिलेर कोभिड १९ सम्बन्धी निर्देशिका तयार गरेका छन् ।

औषधि बेच्दा कसरी बच्ने ? के कस्ता सावधानीहरु अपनाउने भन्ने विषय निर्देशिकामा समेटिएको छ ।

फार्मासिस्ट अगुवाहरुले आफूहरुले तयार गरेको निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत बुझाएका छन् ।

‘खासमा यो हाम्रा फर्टिनिटीहरुको सुरक्षा र समग्र रुपमा कोरोना रोकथामका लागि महत्वपूर्ण हुन्छ भन्ने हो । हाम्रो पहलमा बढो मिहिनेतका साथ यो निर्देशिका बनाएका हौँ । यो फार्मासिस्टबाहेक आम समुदायका लागि पनि लाभदायी नै हुन्छ,’ हस्पिटल फर्मासिस्ट एसोसिएसन नेपालका महासचिव प्रदीप लम्सालले भने ।

उनले अस्पतालमा काम गर्ने डाक्टर नर्स तथा अन्य स्वास्थ्यकर्मी जत्तिकै खतरा औषधि पसलमा खटिने फार्मासिस्टहरुमा पनि हुने भन्दै सरकारलाई नीतिगत निर्णयमा थप सहयोग गर्न आफूहरुकै पहलमा निर्देशिका बनाई सरकारलाई बुझाएको बताए ।

निर्देशिका बुझाउन गत विहीबार महासचिव लम्सालसहित वरिष्ठ फर्मासिस्ट विवेक सिंह महत, नेपाल फर्मास्युटिकल एसोसिएसनका महासचिव ललित मोहन पन्त, नेपाल फार्मेसी परिसदका रष्जिष्ट्रार संजीजकुमार पाण्डे, नेपाल फार्मेसी संघका महासचिव युवराज भुसाल लगायतका पदाधिकारी स्वास्थ्य मन्त्रालय पुगेका थिए ।

निर्देशिका बुझ्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए। उनले निर्देशिकाले सरकारले थप नीतिगत निर्णय लिनका लागि सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?