+
+
Shares

पाकिस्तानको गोलाबारीमा जम्मु-कश्मीरका उच्च अधिकारी मारिएको भारतको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते ८:४६
मुख्यमन्त्री उमर अब्दुल्लाह ।

२७ वैशाख, काठमाडौं । पाकिस्तानतर्फबाट भएको गोलीबारीमा जम्मू–कश्मीर प्रशासनका एक उच्च अधिकारीको मृत्यु भएको भारतले दाबी गरेको छ ।

जम्मु-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिंदै अतिरिक्त जिल्ला विकास आयुक्त (एडिशनल डिभिजनल कमिस्नर) राजकुमार थापाको मृत्यु भएको बताएका छन् ।

‘राजौरीबाट दुःखद खबर आएको छ,’ उनले लेखेका छन्, ‘हामीले जम्मु–कश्मीर प्रशासन सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजोमात्रै उनी उपमुख्यमन्त्रीसँगै जिल्लामा थिए र मेरो अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा पनि सहभागी भएका थिए।’

मुख्यमन्त्री अब्दुल्लाहका अनुसार पाकिस्तानले राजौरी शहरलाई लक्षित गरी गरेको गोलीबारीमा थापाको घर निशानामा परेको थियो । सोही आक्रमणमा थापाको मृत्यु भएको हो ।

गोलीबारीबाट अन्य क्षति भएको विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । भारतीय सुरक्षाफौजले गोलीबारीको जवाफ दिएको जनाएको छ ।

भारतले ‘अपरेशन सिन्दूर’ सुरु गर्दै हवाई हमला गरेपछि पाकिस्तानले त्यसविरुद्ध ‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको छ । यसअन्तर्गत भारतीय हवाई सेना र मिसाइल भण्डार क्षेत्रलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?