
बलिउडका भेट्रान अभिनेता अमिताभ बच्चनका धेरै शुभचिन्तक छन् । अभिनय तथा व्यक्तित्वका कारण पनि अमिताभलाई धेरैले रुचाउँछन् ।
हालै अमिताभलाई सामाजिक सञ्जालमा एक शुभचिन्तकले प्रश्न गरेका छन् । जसमा अमिताभले दिएको उत्तर रमाइलो छ ।
हालै अमिताभले इन्स्टाग्राममा एक पोष्ट गरे । जहाँ आफूले ब्लग लेख्न सुरु गरेको १२ वर्ष बितेको भन्दै आफ्ना शुभचिन्तकलाई धन्यवाद दिए । सोही पोस्टमा शुभचिन्तकले कमेन्ट गर्दै प्रश्न सोधे, ‘सर, तपाईं कहिल्यै प्रधानमन्त्री बन्न चाहनुभयो भने ?’
उक्त प्रश्नमा उत्तर दिँदै अमिताभले लेखेका छन्, ‘अरे यार, बिहान-बिहानै शुभ-शुभ बोल ।’
केही वर्ष पहिला अमिताभले राजनीति सुरु गरेका थिए । तर, अहिले अमिताभलाई राजनीतिमा खासै रुचि नभएको यस उत्तरबाट पनि पत्तो पाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4