
मुम्बई । बलिउड ‘महानायक’ अमिताभ बच्चनलाई ‘बिग बी’ भनेर चिनिन्छ । उनी हिन्दी फिल्मका चर्चित र लोकप्रिय स्टारमध्ये एक हुन् । ‘शोले’, ‘दीवार’, ‘जंजीर’, ‘पा’ र ‘पिकु’जस्ता फिल्ममा उनको उत्कृष्ट र अविस्मरणीय अभिनयले दशकौंदेखि दर्शकको मन जितेको छ ।
ठूलो पर्दामा चम्कनुका साथै उनले चर्चित शो ‘कौन बनेगा करोडपति’ (केबीसी) होस्ट गरेर टेलिभिजनमा पनि आफ्नो नाम कमाएका छन् ।
यस्तोमा, बिग बी सन् २००० देखि ’कौन बनेगा करोडपति’को अनुहार बनेका थिए । जतिबेला उनको उमेर ५७ वर्षको थियो । भारतीय संचारमाध्यमका अनुसार अब भने अमिताभ शोभन्दा अन्य काममा ब्यस्त हुने तयारीमा छन् । ८२ वर्षिय उनले कामको बोझ काम गर्ने इच्छा राखेका छन् ।
पछिल्लो समय अमिताभले व्यावसायिक काम घटाउने संकेत गरेका छन् । उनले लेखेका थिए, ‘समय आइसकेको छ’ र त्यसबेलादेखि नै उनले शो छाड्न सक्ने अड्कलबाजी चलिरहेको थियो ।
विवरणअनुसार, सोनी टिभीमा प्रसारण भैरहेको शो ‘केबीसी’को सिजन १६ होस्टको रुपमा अमिताभको अन्तिम हुनेछ । सिजन १७ आउन लागेपछि नयाँ आयोजकको नाममा पनि बहस सुरु भएको छ ।
इन्डियन इन्स्टिच्युट अफ ह्युमन ब्रान्ड्स (आईआईएचबी) र एक विज्ञापन एजेन्सीले हालै गरेको एक अध्ययनमा शाहरुख खानलाई ‘कौन बनेगा करोडपति’ (केबीसी)को होस्टको रूपमा एक विकल्पको रूपमा राखिएको छ । शाहरुखले यसअघि सन् २००७ मा केबीसीको तेस्रो सिजन होस्ट गरेका थिए ।
हिन्दी भाषी क्षेत्रका ७६८ व्यक्तिहरू (४०८ पुरुष, ३६० महिला) बीच गरिएको उक्त सर्वेक्षणले शोको होस्टप्रति जनताको प्रतिक्रियालाई बुझेको थियो ।
शाहरुखसँगै उनकी बुहारी ऐश्वर्या राय बच्चन र महेन्द्रसिंह धोनी पनि बलियो दावेदारका रूपमा देखा परेका छन् । उनको अत्याधिक लोकप्रियता र दर्शकसँगको सम्बन्ध यसमा ठूलो कारक बनेको छ ।
तर, ‘केबीसी’को अर्को होस्ट को बन्ने भन्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन । फ्यान र दर्शक भारतको सबैभन्दा मनपर्ने शोको विरासत कसले अगाडि बढाउने भन्ने पुष्टिको लागि उत्सुकताका साथ पर्खिरहेका छन् ।
प्रतिक्रिया 4