+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

जया बच्चनले खोलिन् अमिताभसँग बिहे गर्नुको कारण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री जया बच्चनले १३ वर्षको उमेरमा सत्यजित रेको फिल्म \'महानगर\' बाट अभिनय यात्रा सुरु गरेको बताइन्।
  • जया बच्चनले पति अमिताभ बच्चनको अनुशासन मन पर्ने र उनी आफू जस्तो खुलेर नबोल्ने खुलाइन्।

हालै मात्र राज्यसभा सांसद तथा दिग्गज अभिनेत्री जया बच्चनले भारतीय फिल्म क्षेत्रका महानायक अमिताभ बच्चनसँगको सम्बन्ध लगायतका विषयमा खुलेर कुरा गरेकी छिन् । सो क्रममा उनले विवाहदेखि केही पारिवारिक विषयमा बोलिन् ।

जयाले बताएअनुसार उनले १३ वर्षको कलिलो उमेरमा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । त्यो बेला उनले अभिनयलाई एक खेल जस्तै ठान्थिन् । र, उनलाई सबैले माया पनि गर्थे । त्यो समयको चर्चा गर्दै उनले आफूलाई भने केही हदसम्म बिग्रिएकी बच्चा मान्छिन् ।

जयाले सत्यजित रेको फिल्म ‘महानगर’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्।

अहिले जया बच्चन विवाह पुरानो संस्था भइसकेको बताउँछिन् । अनि आफ्नी नातिनी नव्यालाई समेत विवाह नगरोस् भन्ने सल्लाह दिन्छिन् । उनले आजका बच्चाहरू धेरै नै स्मार्ट भइसकेको बताइन् । नव्या केही दिनमा २८ वर्षकी हुँदैछिन् ।

उनले सामाजिक सञ्जालमा गाली गर्ने, नकारात्मक कुरा फैलाउने मान्छेहरूबारे पनि बोलिन् । ‘यी मान्छेहरू को हुन् ? के उनीहरूलाई भारतीयहरूको प्रतिनिधित्व गर्न तालिम दिइएको छ ? तपाईंहरू उनीहरूलाई मिडिया भन्नुहुन्छ । मेरो बुबा पत्रकार हुनुहुन्थ्यो, त्यसैले मेरो मनमा मिडियाका लागि धेरै इज्जत छ’ उनले भनिन्, ‘हातमा मोबाइल लिएर यिनीहरू सोच्छन् कि तपाईंको फोटो खिच्न सक्छन् । यस्ता कमेन्टहरू गर्न सक्छन् । कस्ता मान्छेहरू हुन् यिनीहरू ? कहाँबाट आउँछन् ? कस्तो शिक्षा छ यिनीहरूको ?’

त्यस्तै उनले पति अमिताभ बच्चनको अनुशासन असाध्यै मन पर्ने धारणा राखिन् । दुईबीचको फरकमा उनले अमिताभ बच्चन आफू जस्तो खुलेर नबोल्ने बताइन् । अमिताभलाई आफ्नो कुरा सही समयमा सही तरिकाले बोल्न आउने तर आफूलाई नआउने उनले बताइन् ।

यही व्यक्तित्व फरकका कारण आफूले अमिताभ बच्चनसँग विवाह गरेको उनले स्पष्ट पारिन् । राजनीतिमा आउँदा परिवारले उनलाई पूर्ण समर्थन गरेको र डोर-टू-डोर क्याम्पेनिङ पनि गरेको बताइन् ।

त्यस्तै उनले करियरको शीर्षमा पुगेर अभिनय छाडेकोबारे पनि केही कुरा बताइन् । त्यसबेला एउटै किसिमका रोलहरू आइरहेकाले आफू थाकिसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?