Comments Add Comment

अस्थायी तरकारी बजारबाट किसानले नै बिक्री थाले

७ वैशाख, काठमाडौं । कोरोना जोखिमका कारण बिचौलियाको सक्रियता घटेपछि काठमाडौं वरपरका किसानहरू तरकारी लिएर आफैँ बजार झरेका छन् ।

कालीमाटी र बल्खुको विकल्पमा काठमाडौं उपत्यकाको तीन ठाउँमा पुनः सुचारु भएको तरकारी बजारमा किसान आफैँले तरकारी ल्याएर बिक्री गर्न सुरु गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

संक्रमणको जोखिम घटाउन कालीमाटी र बल्खुको खुद्रा बजार पुनः बन्द गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले बताए । अस्थायी बिक्री केन्द्रमा आफ्नो उत्पादन ल्याएर बिक्री गर्न किसानहरूलाई नियमित आग्रह गरिएको पनि कार्यकारी निर्देशक पौडेलले बताए ।

यसअघि असुविधा देखाउँदै कालीमाटीका रजिष्ट्रर व्यापारीहरूले छोडेकै ठाउँ कलंकी, स्वयम्भु र बाफलमा किसानहरूले तरकारी बेच्न सुरु गरेका हुन् ।

संक्रमण जोखिम रहेको कालीमाटी तीन तिहाइ व्यवसायी निष्कृय बनेको फलफूल तथा तरकारी व्यवसायी संस्था कालीमाटीका अध्यक्ष गीता आचार्यले बताए ।

‘सरकारले राम्रो व्यवस्था गर्न सकेन हाम्रा साथीहरू निष्कृय नै छन्, किसानहरू आफैँले तरकारी लिएर आएको भन्ने सुनेको छु,’ आचार्यले भने ।

बजार नगएको र फोनको भरमा ठूला ग्राहकलाई मात्रै तरकारी बिक्री गरिरहेको कालीमाटीमै आलु र प्याजको होलसेल पसल भएका दधिराम उप्रेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment