+
+
Shares

पाइलट, क्रु मेम्बर तथा प्राविधिकको लाइसेन्सको म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १५:५९

९ वैशाख, काठमाडौं । जहाज चालक, क्रु मेम्बर तथा अन्य प्राविधिकको लाइसेन्स नवीकरण हुने म्याद दोस्रो पटक पनि थप भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नवीकरण गर्नुपर्ने सबै लाइसेन्सको अवधि अप्रिल २६ सम्म मान्य हुने निर्णय गरेको थियो । तर, यसबीचमा पनि लकडाउनको अवधि सम्पन्न नभएपछि नवीकरणको म्याद बढाइएको हो । अब थप एक महिनाका लागि यस्तो अवधि बढाइएको हो ।

प्राधिकरणका हवाइ सुरक्षा प्रमुख राजु श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रसँग पाइलट तथा अन्य सबै हवाइ उडानसँग आवद्ध प्राविधिकहरूको नवीकरण गर्नुपर्ने लाइसेन्सको अवधि सकिएको भए नवीकरण गरी सहजीकरण गर्न आग्रह गरेको छ ।

सोहीकारण मुलुकहरूले लकडाउनका कारण परेको असरसम्मका लागि लाइसेन्स मान्य हुने गरी नवीकरणको अवधि बढाइरहेका छन् । प्राधिकरणले पाइलट, एटीसी, फ्लाइट डिस्प्याचरलगायत अन्य प्राविधिकको लाइसेन्सको अवधि बढाउने निर्णय गरेको हो ।

पाइलट तथा इन्जिनियरहरूले एक पटक लाइसेन्सको अवधि सकिएपछि केही समय फेरि तालिममा जानुपर्छ । तर, संसारभर लागेको व्यवसायिक उडानमाथिको प्रतिबन्ध र लकडाउनका कारण सहज वातावरण नभएपछि आईकाओले लाइसेन्स थप गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?