+

इन्दु बर्मा सम्मिलित टोरन्टोले जित्यो क्यानडा सुपर ६० को उपाधि

२०८३ असोज  १८ गते १०:०८ २०८३ असोज १८ गते १०:०८

१८ असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सम्मिलित टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० को महिलातर्फ उपाधि जितेको छ ।

आइतबार बिहान सम्पन्न फाइनलमा टोरन्टोले भ्यानकुभर वारियर्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । ८६ रनको लक्ष्य टोरन्टोले ३ बल बाँकी छँदा पूरा गर्‍यो ।

इन्दुले विजयी रन प्रहार गर्दै १५ रनमा अविजित रहिन् । उनले बलिङमा पनि १ विकेट लिँदै एक रनआउट पनि गराएकी थिइन् ।

इन्दुले प्रतियोगितामा ४ खेलमा ४ विकेट लिइन् ।

टोरन्टो पहिलो खेलमै भ्यान्कुभर वारियर्ससँग पराजित भएको थियो । त्यसपछि भ्यान्कुभर एङ्कर्सलाई हराएको थियो भने इलिमिनेटरमा भ्यान्कुभर एङ्कर्सलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।

इन्दु बर्मा क्यानडा सुपर ६०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय