
काठमाडौं । दक्षिण कारियाली अधिकारीले उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी नभएको बताएका छन् । दक्षिण कोरियाली समाचार संस्था योन्हापले उनी गम्भीर बिरामी नभएको बताएको हो ।
यसअघि अमेरिकी समाचार संस्था सीएनएनले किम जोङ मुटुको शल्यक्रियापछि गम्भीर अवस्थामा रहेको बताएको थियो ।
अधिकारीहरुले सीएनएनको समाचारको खण्डन गरे पनि यस विषयमा थप केही जानकारी भने दिएका छैनन् । यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीका नेताले पनि आफूलाई उनी गम्भीर बिरामी छन् भन्नेमा विश्वास नलागेको बताएका छन् ।
चीन उत्तर कोरियाको निकट सम्बन्ध भएको मुलुक हो । उत्तर कोरियामा अहिलेसम्म किम जोङ उनको उत्तराधिकारी तोकिएको छैन । त्यसैले यस्तोमा मुलुकमा उत्पन्न हुन सक्ने राजनीतिक अस्थिरताले उत्तर कोरियाको अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्न सक्ने बताइएको छ ।
पछिल्लो केही समययता किम जोङ उनले मुलुकको अन्तर्राष्ट्रिय प्रभाव पनि बढाउँदै लगेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरिसकेका छन् भने दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनसँग चारपटक तथा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पाँचपटक भेटवार्ता गरिसकेका छन् ।
स्रोत : रोयटर्स
प्रतिक्रिया 4