News Summary
Generated by OK AI. Editorially reviewed.- बिहीबार सेयर बजार ११.९३ अंक बढेर नेप्से २६२४ अंकमा पुगेको छ ।
- कारोबार रकम ५ अर्ब ४९ करोड पुगेको छ भने १७७ कम्पनीको मूल्य बढेको छ ।
- जीवन बीमा समूह १.०८ प्रतिशत बढेर सबैभन्दा धेरै उकालो लागेको छ ।
१ असोज, काठमाडौं । बिहीबार सेयर बजार ११.९३ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६२४ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४९ करोडको भयो ।
आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । यो समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो ।
बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.२२ प्रतिशत बढे । लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत घटे ।
आज १७७ कम्पनीको मूल्य बढ्दा ८५ को घटेको छ । १६ कम्पनीको स्थिर रह्यो ।
धौलागिरि लघुवित्तको मूल्य १२.४३, नारायणी डेभलपमेन्ट बैंकको ६.४४, माउन्टेन हाइड्रो नेपालको ५.५१, पिपुल्स हाइड्रोपावरको ४.१९ प्रतिशत मूल्य बढ्यो । हाथवे इन्भेस्टमेन्टको २.९७, सीवाईसी लघुवित्तको २.८०, सिर्जनशील लघुवित्तको २.७८ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा पिपुल्स हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4