+
+

गाउँपालिका महासंघले भन्यो – पहुँचको आधारमा मान्छे नओसार्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते १७:३४

९ वैशाख, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले लकडाउनका बेला राजनीतिक पहुँचको आधारमा रातारात मान्छे ओसारेको भन्दै त्यसको विरोध गरेको छ ।

महासंघका पदाधिकारीहरूको मंगलबार भएको भिडियो बैठको ठहर छ ‘पहुँचको आधारमा रातारात सवारी साधनबाट मान्छे गन्तव्यमा पुर्‍याइएको छ र पहुँच नभएकाहरू हिँडेर गाउँ जान बाध्य छन् ।’

लकडाउनमा अलपत्रहरूको सन्दर्भमा महासंघले सरकारलाई दुई वटा विकल्प पनि सुझाएको छ ।

पहिलो, लकडाउन अवधिभर जो जहाँ छ त्यही न्यूनतम सुविधा उपलब्ध गराएर सुरक्षित राख्ने ।

दोस्रो, गन्तव्यमा जान चाहने सबै नागरिकलाई न्यूनतम स्वास्थ्य प्रोटोकल पालना गरी सुरक्षित साथ गन्तव्यमा पुर्‍याउने, कसैलाई काखापाखा नगर्ने ।

महासंघमा कार्यरत कर्मचारीहरूले संघीय सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्ने भएका छन् ।

अधिकृत तहका कर्मचारीले पाँच दिन र सहायक स्तरका कर्मचारीले तीन दिन बराबरको तलब कोरोना कोष गर्ने निर्णय भएको महासंघका सचिव राजेन्द्र प्याकुरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?