+
+
Shares

काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते ७:५८

१० वैशाख, काठमाडौं । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन घाइते भएका छन् ।

मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?