Comments Add Comment

यी घरेलु ओखती, जसले कलेजो शुद्धीकरण गर्छ 

कलेजोले भोजनमा भएको पोषक तत्व जस्तै, भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट आदिलाई अलग-अलग गर्छ ।  यसका अलावा पनि यसले शरीरको आवश्यक्ता अनुसार पोषक तत्वलाई शरीरको भिन्न-भिन्नै ठाउँमा पुर्‍याउँछ ।

यसले केही पोषक तत्व भण्डारण पनि छ । जब शरीरलाई तुरुन्त उर्जाको आवश्यक्ता हुन्छ, त्यसबेला यसको काम आउँछ । यदि कलेजोमा कुनै समस्या आयो भने भोजनबाट लिएको पोषक तत्व शरीरको सबै अङ्गले ठिकसँग प्राप्त गर्न सक्दैन ।

कसरी गर्ने कलेजोको सफाइ ?

केही यस्ता खानेकुरा हुन्छन्, जसले कलेजो सफा गर्न मद्दत गर्छ । नियमित उक्त खानेकुरालाई आफ्नो डाइटमा सामेल गर्ने हो भने, कलेजो क्रमश: सफा हुँदै जान्छ ।

लसुन

लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।

दालचिनी

यसमा ग्लुकोज र फ्रक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।

चुकन्दर

यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।

कागती

कागतीमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।

ओखर

ओखरमा ओमेगा-३ फ्याटी एसिड हुन्छ, जसले कलेजोमा जम्मा भएको टक्सिनलाई सफा गर्छ ।

अदुवा

अदुवामा एन्टिइन्फ्लेमेटरी र एन्टिमाइक्रोबियल (माइक्रोबियल अर्थात् त्यसअघि प्रयोग गरिएको एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएको अवस्था) गुण हुन्छ। जसले कलेजोलाई सुन्निन दिँदैन ।

बेसार

बेसारमा करक्युमिन हुन्छ, जसले कलेजोको प्रणालीलाई सही राख्न मद्दत गर्छ ।

स्याउ

स्याउमा पेक्टिन (पेक्टिन एक किसिमको घुलनशील कार्बोहाइड्रेट हो। जुन रुखको कोशिकाको भित्तामा र कोषिकाहरूको मध्य भागमा पाउने गरिन्छ) र फ्लेवोनाइड्स हुन्छ, जसले कलेजोमा रहेको टक्सिन हटाउँछ ।

बन्दागोभी

बन्दामा रहेको सल्फरले कलेजोको फोहोर हटाउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment