
१० वैशाख, काठमाडौं । भारतीय पक्षको अवरोधका कारण मेचीपारि रोकिएका नेपालका मालबाहक सवारी साधनलाई रुट परिवर्तन गरी विराटनगर ल्याइने भएको छ ।
भारत पश्चिम बंगाल राज्यको अवरोधपछि मेची नाकामा भारतीय भन्सार जाँचपास नपाएका दुई सयभन्दा बढी नेपालका मालबाहक सवारी साधनलाई रि-रुट गरी विराटनगर ल्याउन थालिएको भन्सार विभागले जनाएको छ ।
कोइला, फलफूल तथा खाद्यान्न लिएर नेपाल आउन लागेका त्यस्ता सवारी साधनलाई अब विराटनगरबाट भित्र्याइने भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।
विराटनगरबाट नेपाल प्रवेशका लागि सबै प्रक्रिया पूरा भएका गाडीहरू हिँड्न सुरु गरिसकेको उनले बताए ।
यता रि-रुटका लागि कोलकाता स्थित नेपाली महावाणिज्य दूतावाससँग समन्वय गरिसकेको वाणिज्य तथा आपूर्ति विभागले जनाएको छ ।
कोरोना फैलिएको भन्दै भारतको पश्चिम बंगाल सरकारले मेची नाकाबाट हुने सबैखाले आवत-जावत चैत अन्तिम सातादेखि अनिश्चितकालका लागि बन्द गरेको छ ।
प्रतिक्रिया 4