
११ वैशाख, काठमाडौं । स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्रीहरु लिन श्री एयरलाइन्सको जेट विमान बिहीबार सिंगापुर प्रस्थान गरेको छ ।
एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार बिहीबार बिहान ७ बजेर ५० मिनेटमा हवाईजहाज सिंगापुर प्रस्थान गरेको हो । सो जहाज आजै स्वदेश फर्किने मानन्धरले जानकारी दिए ।
सो जहाजमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक फाउन्डेसनका १० हजार थान पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु हुने मानन्धरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4