+
+
Shares

६ हजारको थर्मोमिटर १० हजारमा बेच्नेलाई २ लाख जरिवाना 

रासस रासस
२०७७ वैशाख ११ गते १०:०९

११ वैशाख, राँझा (बाँके) । तापक्रम मापन गर्ने यन्त्र इन्फ्रारेड थर्मोमिटर कालो बजारी गर्ने नेपालगञ्जको एक औषधि पसललाई  दुई लाख जरिवाना गरिएको छ ।

६ हजारमा खरिद गरेको थर्मोमिटरलाई १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित लाइफ केयर सर्जिकल औषधि पसललाई कारबाही गरिएको हो ।

लाइफ केयरले ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि बुधबार कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

उनका अनुसार अनुगमन टोलीले उक्त औषधि पसललाई खरिद मूल्यमा अधिकतम २० प्रतिशतभन्दा बढी मुनाफा नलिइ बिक्री गर्न र औषधि ब्यवस्था विभागले सिफारिश गरेको मूल्यभन्दा बढीमा स्यानिटाइजर बिक्री नगर्न आदेश दिएको छ । समितिले बुधबार नै नेपालगञ्जका अरु तीन औषधि पसलमा पनि अनुगमन गरेको थियो ।

संयुक्त बजार अनुगमन टोलीले यसअघि औषधिमा कालोबजारी गरेका अभियोगमा नेपालगञ्जको हिल्स मेडी सप्लायर्सलाई दुई लाख र कमला मेडिसिनलाई रु ५० हजार जरिवाना गरिसकेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?