Comments Add Comment

गहुँको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ प्रस्ताव

११ वैशाख, काठमाडौं ।  सरकारले गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल तीन हजार १५ रुपैयाँ तोक्ने तयारी गरेको छ । गहुँको सर्मथन मूल्य मन्त्रिपरिषद्मा प्रस्तावको रुपमा पठाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
यो वर्ष गहुँको सर्मथन मूल्य बुधबार मन्त्रिपरिषद्मा पेश गरिएकाे मन्त्रालयकी साहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिईन। कृषि तथा पशुपंछि विकास मन्त्रालयको प्रस्तावमा मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद् पठाएको उनले  बताईन ।

देशभरका किसानले गहुँ भित्र्याउन थालेको र किनबेच सुरु हुन अगावै मूल्य तोक्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । देशकाे प्रमुख खाद्यन्न बाली मध्येको एक गहुँ अघिल्लो सिजन देशभर २० लाख ४० हजार मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष उत्पादन केही बढ्ने कृषि मन्त्रालयको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment